शुक्रबार, असार ६, २०८२

राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुने

नेपालखोज २०८० असार २० गते ६:४१

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो ३ बजे बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रियसभामा उत्पति भएको नेपाल विश्वविद्यालय विद्येयक २०८० को सबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल हुनेछ । 

संघीय संसद सचिवालयको कार्यसूची अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सबन्धी केही नेपाल संसोधन गर्न बनेको विद्येयक २०८० माथी दफावार छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने छन् । 

साथै सो विद्येयकमाथी छलफल भए पछि त्यसमा आएका संसोधनहरु निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विद्येयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया