बंगलादेशबाट १५५ जना नेपाली काठमाण्डौ आइपुगे
नेपालखोज
२०७७ असार ३ गते १७:२५
काठमाडौँ । बंगलादेशबाट १५५ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपालीहरु हिमालय एअरलाइन्सबाट आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
फर्कनेमा ३६ महिला, ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबािलका रहेका छन् । आजै कुवेतबाट १५० जना महिला पनि स्वदेश फर्किसकेका छन् । उनीहरुलाई जजिरा एअरले कुवेतबाट नेपाल ल्याइदिएको हो ।
कुवेत सरकारले त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा काठमाण्डौसम्म ल्याइदिएको हो । आजै सिङ्गापुर र थाइल्याडको बैंककबाट पनि नेपालीहरु स्वदेश फर्कदै छन् ।
सम्बन्धित
प्रतिक्रिया