शुक्रबार, असार ६, २०८२

एमालेले माग्याे प्रधानमन्त्री दाहालको राजीनामा

नेपालखोज २०८० असार २० गते १६:१५

काठमाडाैं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ ।

बुधबार राष्ट्रियसभा बैठक सुरु हुने बित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्डले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् । 

प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने उनले बताए ।

प्रतिक्रिया