संसद् बैठक आधा घण्टाका लागि स्थगित
नेपालखोज
२०८० असार २० गते १६:२९

काठमाडौं । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को असार १८ गतेको अभिव्यक्तिलाई लिएर एमाले विरोध जनाएपछि बैठक आधा घण्टाका लागि स्थगित भएका हाे ।
सोमबार पुस्तक विमोचनको कार्यक्रममा उनले प्रीतम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली गएको अभिव्यक्ति दिएका थिए ।
बैठक सुरु हुनासाथ एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पदमा रहन उपयुक्त नभएको भन्दै राजीनामा माग गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया