जङ्क फुडबाट बालबालिकालाई जोगाउन डब्ल्यूएचओको नयाँ दिशानिर्देश

काठमाडौं । आज जसरी विश्वभर जङ्क फुडको चलन बढिरहेको छ, त्यसले अनगिन्ती रोगलाई निम्ता दिइरहेको छ । यी खानेकुरा खान स्वादिलो लाग्न सक्छ तर स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । खाद्य कम्पनीहरूले आफ्ना उत्पादन बेच्ने र बढी नाफा कमाउने लालसामा यी खाद्यपदार्थको प्रवर्द्धन वा बजारीकरणका लागि विभिन्न लोकप्रिय र आक्रामक नीति अपनाइरहेका छन्, जसमा बालबालिकाहरू सजिलै फस्छन्।
डब्ल्यूएचओको नयाँ दिशानिर्देशले सरकारहरूलाई जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने खाद्य वातावरण सिर्जना गर्न मद्दत गर्ने लक्ष्य लिएको छ । यसले मानिसहरूलाई स्वस्थ आहार छनौट गर्न, जीवनभर स्वस्थ खाने बानी विकास गर्न, आहारको पोषणको गुणस्तर बढाउन र नसर्ने रोगहरूको बोझ कम गर्न प्रोत्साहित गर्नेछ। हेर्ने हो भने जङ्क वा अल्ट्रा-प्रोसेस्ड खाना नेपाल लगायत संसारभरका बालबालिकाका लागि ठुलो समस्या बनेको छ। यही कारणले गर्दा चिकित्सकहरूले लामो समयदेखि मानिसहरूलाई यसको खतराका बारेमा सचेत गराउँदै आएका छन्।
यस विषयमा सेन्टर फर साइन्स एन्ड इनभारमेन्ट (सीएसई) ले हालसालै एउटा विस्तृत अध्ययन गरेको थियो जसमा जङ्क फुडसँग सम्बन्धित खतराहरूका बारेमा चेतावनी दिइएको थियो। अध्ययन अनुसार बजारमा बेचिने अधिकांश प्याकेज गरिएका र फास्ट फुडहरूमा खतरनाक रूपमा उच्च मात्रामा नुन र बोसो हुन्छ जुन खाद्य सुरक्षा तथा मानक अर्थात् तोकिएको सीमाभन्दा माथि छ । सीएसईले मानिसहरूलाई यसको खतराका बारेमा चेतावनी मात्र दिएको छैन लेबलिङ सम्बन्धी कानुनलाई तत्काल कार्यान्वयन गर्न माग गरेको छ ।
अहिले स्वास्थ्यका लागि हानिकारक खानेकुरामा छुट्टै चेतावनीको रातो लेबल लगाउन पनि माग गरिँदै छ । सन् २००५ मा प्रतिव्यक्ति २ केजी रहेको अति प्रशोधित खाद्यान्नको बिक्री २०१९ मा ६ केजी पुगिसकेको थियो भने सन् २०२४ सम्ममा यो ८ केजी पुग्ने अनुमान गरिएको छ । केही समय अघि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का डाक्टरहरूले पनि जङ्क फुडका प्याकेटहरूको लेबलमा चिनी, नुन र फ्याटको वैज्ञानिक सीमासँग सम्बन्धित जानकारीको माग गरेका थिए ताकि ग्राहकहरूले यसका बारेमा सही जानकारी पाउन् ।
प्रतिक्रिया