शुक्रबार, असार ६, २०८२

बालुवाटारमा गठबन्धनको बैठक

नेपालखोज २०८० असार २१ गते १०:५१

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ ।

केही बेर अघिबाट सुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, नेकपा एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन् ।

प्रतिक्रिया