सुनचाँदीको भाउ स्थिर
नेपालखोज
२०८० असार २५ गते ११:३८

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ ।
आज सुनको भाउमा कुनै फेरबदल भएको छैन । योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हिजो आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया