शनिबार, असार ७, २०८२

प्रधानमन्त्री होइन त्याे समयमा ज्ञानुको बुबा भएर बोलें : प्रधानमन्त्री दाहाल

नेपालखोज २०८० असार २५ गते १७:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा प्रधानमन्त्री नभइ ज्ञानुको बुबा भएर बाेलेकाे बताएका छन् । आफ्नो विवादित अभिव्यक्तिबारे जवाफ दिँदै उनले समारोहमा आफू केही भावनात्मक भएको बताएका हुन् ।

प्रीतम सिंहले २०६७ सालतिर आफ्नो छोरी ज्ञानुको उपचार भारतमा गर्ने बेलामा निकै सहयोग गरेको स्मरण गराउँदै उनले भने,  ‘मेरो छोरी ज्ञानुको उपचारका क्रममा भएका कुरा मैले त्यहाँ कुरा गरेको हुँ, नबोलेको भए पनि हुने थियो । म अलि भावुक बनेकै हुँ, तब न प्रचण्ड । त्यसदिन म प्रधानमन्त्री होइन ज्ञानु (छोरी)को बुबा भएर बोलेँ । म अलिकति भावनात्क छु । म थोरै भावनामा आएँ ।’

प्रतिक्रिया