सभामुखसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट

काठमाडाैं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारमा भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापारलगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।
भेटमा सभामुख घिमिरेले नेपाल र फ्रान्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष भएको स्मरण गर्दै दुई देशबीच जनस्तरको सम्बन्ध रहेको उल्लेख गरे । सभामुख घिमिरेले नेपाल र फ्रान्स संयुक्त राष्ट्रसङ्घलगायतका साझा मञ्चमा एक साथ रहेको स्मरण गर्दै लोकतन्त्रको सुदृढीकरण र सवलीकरणमा अनुभव आदान प्रदान भइरहने विश्वास व्यक्त गरे ।
उनले कोभिड–१९ महामारीमा फ्रान्सबाट सहयोगको उच्च सराहना गरे । राजदूत गिल्स बोरबाओले नेपालले पनि फ्रान्सले जस्तै द्वन्द्वलाई लोकतान्त्रिक विधिबाट हल गर्दै विकासलाई अगाडि बढाएको बढाएकोमा खुसी व्यक्त गरे । उनले आगामी वर्षदेखि आफ्नो मुलुकबाट कोभिड अगाडिकै अवस्थामा पर्यटन आगमन वृद्धि हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया