शनिबार, असार ७, २०८२

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै, यस्ताे छ मुख्य एजेन्डा

नेपालखोज २०८० असार २७ गते ७:३७

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै छ । बिहान पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर केन्द्रीय कमिटी बैठकका एजेन्डामा छलफल हुने छ । बैठक दिउँसो १ बजे बैठक सुरु हुने जनाइएकाे छ ।

अघिल्लो वर्ष साउनमा बैठक बसेपछि केन्द्रिय समिति बैठक अझै बस्न सकेको थिएन । झन्डै एक वर्षपछि बस्न लागेको उक्त बैठकमा यसबीचमा भएका निर्णयहरु अनुमोदन गराउने देखी भातृ संगठन सबन्धी गरेको निर्णय र विस्तारका बारेमा पुर्नविचार गरिने जनाइएकाे छ ।

गत सोमबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले तय गरेको अजेन्डा अनुसार कार्यसम्पादन समितिले गरेका निर्णय अनुमोदन गरिने भएको छ ।

प्रतिक्रिया