राष्ट्रियसभा बैठक बस्दै, यी हुन् कार्यसूची
नेपालखोज
२०८० असार २८ गते ७:०५

काठमाडौं । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेर १ मिनेटमा बस्ने छ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।
संघीय संसद सचिवालयले जारी गरेकाे कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विद्येयक २०८० पारित हुँदै छ ।
जसअनुसार आजको बैठकमा विनियोजन विद्येयकमाथि उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ ।
त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त बिनियोजन बिद्येयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।
सम्बन्धित
प्रतिक्रिया