शुक्रबार, असार १३, २०८२

स्वास्थ्यकर्मीमा कोरोना देखिए पछि घोराहीमा आकस्मिक सेवा बन्द

नेपालखोज २०७७ असार ६ गते १२:४३

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आकस्मिक तथा सबै सेवा बन्द भएको छ ।

प्रष्ठिानका प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवका अनुसार दुई दिन सबै सेवा बन्द हुनेछ। शुक्रबार एक चिकित्सक, दुई नर्स र १ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

देवअनुसार ३९ वर्षीय चिकित्सक, ३४ र २५ वर्षीया र ४२ वर्षीय १ पुरुष स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको होे । प्रतिष्ठानमा कार्यरत, कर्मचारी, चिकित्सकलगायत सबैको स्वाब संकलन गरी पिसिआर परीक्षण गरिने देवले बताए । दुई दिनसम्म प्रतिष्ठानमा कुनै पनि विरामी भर्ना नलिने समेत जनाएको छ ।

प्रतिक्रिया