सरकारले धानको न्यूनतम समर्थन मूल्य ताेक्याे, मोटा धानको मूल्य ३ हजार १९८
नेपालखोज
२०८० असार २८ गते १७:३०

काठमाडाैं । सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मोटा धानको रु तीन हजार १९८ र मध्य धानको रु तीन हजार ३६२ प्रतिक्विन्टल समर्थन मूल्य तोकेकाे बताइन् ।
गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो ।
सम्बन्धित
प्रतिक्रिया