विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय सदस्यमा शर्मा मनोनित
नेपालखोज
२०८० असार २८ गते २०:३७

काठमाडौं । विश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय समितिको केन्द्रीय सदस्यमा डा.अम्बिका शर्मा लामिछाने मनोनित भएकी छिन् ।
आशा ग्रुपकी अध्यक्ष तथा राजनितिज्ञ शर्मालाई अध्यक्ष डा. रामचन्द्र अधिकारीले महासंघको नेपाल राष्ट्रिय समितिको केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् । २०७९ चैत्र २१ र २२ गते रुपन्देहीमा आठौ राष्ट्रिय महासभा सम्पन्न भएको थियो ।
केन्द्रीय सदस्यमा मनोनित शर्मा गीत लेखन र समाजसेवामा सक्रिय छिन् । नेपाली कांग्रेसको महाधिबेशन प्रतिनिधि समेत रहेकी उनी विश्व ज्योतिष महासंघ, अन्तराष्ट्रिय महिला ज्योतिष समितिको सभापति र दक्षिण एसियन ज्योतिष महासंघ अन्तराष्ट्रिय समितिको उपाध्यक्षको जिम्मेवारीमा पनि छिन् ।
सम्बन्धित
प्रतिक्रिया