शनिबार, असार ७, २०८२

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

नेपालखोज २०८० असार २९ गते १४:०४

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । आजदेखि कीर्तिपुरस्थित पुष्पलाल स्मृति पार्कमा सचिवालय बैठक सुरु भएको पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए ।

उनका अनुसार बैठक तीन दिनसम्म सञ्चालन हुने छ । आजको बैठकमा एकवर्षे पार्टी सङ्गठन सुदृढ अभियानको समीक्षा गरिने छ ।

यसैगरी कतिपय नेता तथा कार्यकर्ताले पार्टीको जिम्मेवारी छाडेकाले त्यस स्थानमा कसलाई जिम्मेवारी दिने भन्ने विषयमा समेत छलफल हुने उपाध्यक्ष पाण्डेले बताए ।

पार्टी गठनमा साथ दिएका मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जङ्गली लगायतले नेकपा (एकीकृत समाजवादी) पार्टी केही समयअघि मात्रै छाडेका थिए ।

प्रतिक्रिया