मंगलबार, वैशाख ३०, २०८२

ठमेल कुटपिटमा संलग्न गुण्डा नाइके सानुभाइसहित ५ जना पक्राउ

नेपालखोज २०८० असार २९ गते २१:३६

काठमाडौं । ठमेलका नाइट क्लब सञ्चालक र बाउन्सरमाथि कुटपिटमा संलग्न युवराज गुरुङ (सानुभाइ)सहित पाँच जनालाई पक्राउ परेका छन् ।

प्रहरीले नुवाकोट ककनीका ३३ वर्षीया गुरुङ, टोखा नगरपालिका १० का ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या ५ का २९ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो ।

उनीहरूमाथि रेष्टुरेन्ट तथा लाउन्जहरुमा गएर लाखौँ रुपैयाँको खानपिन गर्ने र बिल तिर्ने बेला कर्मचारी तथा क्लब सञ्चालकहरूमाथि कुटपिट तथा तोडफोड गर्ने गरेको आरोप छ ।

प्रतिक्रिया