शनिबार, असार ७, २०८२

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल

नेपालखोज २०८० असार ३० गते १९:५७

काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिएकाे छ । आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय हाे ।

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । 

सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । 

प्रतिक्रिया