भोलि थाइल्यान्ड जाँदै परराष्ट्रमन्त्री
नेपालखोज
२०८० असार ३० गते २१:५९

काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद आइतबार (भोलि) थाइल्यान्ड जाने भएका छन् । बैंककमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको प्रतिनिधि मण्डल आइतबार त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।
उनको सचिवालयका अनुसार भाेलि (आइतबार) दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यसूची रहेको छ । उनी साउन २ गते (मंगलबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया