शनिबार, असार ७, २०८२

परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदै

नेपालखोज २०८० असार ३१ गते ५:५३

काठमाडाैं । परराष्ट्रमन्त्री एनपी साउद आज थाइल्यान्ड जाँदै छन् । बैंककमा हुने बिमस्टेक परराष्ट्र मन्त्रीहरूको रिट्रिटमा सहभागी हुन मन्त्री साउद नेतृत्वको प्रतिनिधि मण्डल आज त्यसतर्फ प्रस्थान गर्न लागेको हो ।

उनको सचिवालयका अनुसार आज दिउँसो साढे १ बजे उनी थाई स्माइल एयरवेजमार्फत बैंकक प्रस्थान गर्ने कार्यसूची रहेको छ । उनी साउन २ गते (मंगलबार) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया