प्रतिनिधिसभाको बैठक : यस्ताे छ कार्यसूची
नेपालखोज
२०८० असार ३१ गते ६:२२

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने, उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
सम्बन्धित
प्रतिक्रिया