यस्ताे छ आजकाे विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७७ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ ८६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १७१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९६ पैसा रहेको रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १२ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया