बिहीबार, असार ५, २०८२

घट्यो सुनको मूल्य

नेपालखोज २०८० असार ३१ गते ११:२४

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार सुन तीन सय रुपैयाँले  घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसअघि शुक्रबार सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य घटेपनि चाँदी भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएको छ । साताको अन्तिम कारोबार दिन शुक्रबार चाँदी प्रतितोला सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया