बिहीबार, असार ५, २०८२

भारतबाट घटेर आयो पेट्रोलको मूल्य, डिजेलको बढ्यो

नेपालखोज २०८० असार ३१ गते १२:२३

काठमाडौं । भारतबाट पेट्रोलको मूल्य घटेर र डिजेलको मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ ।

निगमले शनिबार साँझ प्राप्त गरेको १५ दिनको मूल्यअनुसार पेट्रोलको मूल्य ३४ पैसाले घटेको छ भने डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ ।

आइओसीबाट प्राप्त भएको नयाँ मूल्यपछि सञ्चालक समिति बैठक बसेर नेपालमा नयाँ मूल्यबारे निर्णय गर्ने निगमको तयारी छ । त्यसपछि मात्रै देशभरको इन्धनको नयाँ मूल्य तय हुन्छ ।

प्रतिक्रिया