सोमबार, वैशाख १५, २०८२

देवघाटमा साउने सङ्क्रान्ति

नेपालखोज २०८० साउन १ गते ६:४०

चितवन । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले आज साउने सङ्क्रान्तिका दिन सोमबार परेकाले भक्तजनका लागि बिशेष तयारी गरिएको बताएका छन् । उनले सङ्क्रान्तिका दिन धेरै भक्तजन आउन सक्ने भएकाले सुरक्षा र अन्य व्यवस्थापनका काम गरिएको जानकारी दिए ।

देवघाट क्षेत्र विकास समितिका सूचना अधिकारी पुष्पराज पौडेलले भने घुम्ने हिसाबले पनि सोमबार झन्डै दुई लाखजति दर्शनार्थी देवघाट आउने अनुमान गरिएको बताए । साउने सङ्क्रान्तिको दिन मलमास सुरु नहुने भएकाले झन्डै ५० हजारजति भक्तजन आउने उनको अनुमान छ । चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रूपमा बोलबम मेला लाग्ने गरेको छ ।

पण्डित शेखर शास्त्रीले भने पहिलोपटक नभई नियमित गरिरहेका कर्महरू खासै रोक्न जरुरी नभएको बताउनुभयो । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ । यो वर्ष साउनमा पाँच सोमबार परे पनि साउन २ गतेबाट मलमास सुरु हुँदैछ ।

प्रतिक्रिया