बिहीबार, असार ५, २०८२

सुनचाँदीको मूल्य स्थिर

नेपालखोज २०८० साउन १ गते ११:४५

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ छ । आइतबार पनि सोही मूल्यमा किनबेच भएको महासंघले जनाएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया