मंगलबार, वैशाख १८, २०८१

चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय खोल्ने

नेपालखोज २०७७ असार ७ गते १५:२०

काठमाडौँ । चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्ने भएको छ । हालै हङकङका जारी भएको नयाँ सुरक्षा कानून कार्यान्वयनका लागि कार्यालय स्थापना गरिने चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

राष्ट्रियता विरोधी गतिविधि रोक्नका लागि विभिन्न कूटनीतिक तथा गोप्य सूचनाहरु संकलन गर्ने प्रयोयजनका लागि चीनले हङकङमा नयाँ सुरक्षा कार्यालय स्थापना गर्न लागेको हो ।

नयाँ सुरक्षा कानूनसँग बाझिने हङकङको स्थानीय कानून खारेज हुने बताइएको छ ।

लागू गर्ने तयारी गरेको नयाँ सुरक्षा कानूनको विरोधमा हङकङमा लामो समय प्रदर्शन हुनुका साथै अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो व्यक्त गरेका छन् ।

प्रतिक्रिया