बिहीबार, असार ५, २०८२

बढ्यो सुनको मूल्य

नेपालखोज २०८० साउन २ गते १२:१३

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनको मूल्य सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।

सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ ।

यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ ।

प्रतिक्रिया