आइतबार, असार ८, २०८२

कांग्रेसको केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने

नेपालखोज २०८० साउन ३ गते ६:३७
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक आज पनि बिहान ११ बजेबाट सुरु हुने जनाइएकाे छ ।

केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आ-आफनो धारणा राख्ने छन् । हिजाे पहिलो दिन विभिन्न प्रतिवेदन पेस भएका छन् । त्यसैमा आज केन्द्रीय सदस्यहरूले धारणा राख्दै बैठक अघि बढ्ने छ ।

हिजाे महामन्त्री गगनकुमार थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए । बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ ।

त्यसैगरी पार्टीका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनका सम्बन्धमा प्रस्तुति दिएको र प्रमुख सचेतक रमेश लेखकले पार्टीको संसदीय भूमिकाको सम्बन्धमा कुरा राखेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

प्रतिक्रिया