प्रधानमन्त्री प्रचण्ड इटली भ्रमणको तयारीमा
नेपालखोज
२०८० साउन ३ गते १०:५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटली भ्रमणमा जाने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री प्रचण्डको भ्रमण स्वीकृत गरेको हो ।
सरकारकी प्रवक्ता रेखा शर्माले संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको मुख्यालय इटलीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल जान लागेको जानकारी दिइन् ।
प्रतिनिधिमण्डलमा कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसाल समेत सहभागी हुने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया