आइतबार, असार ८, २०८२

‘खाँण पक्राउ पर्दा हाम्रा नेता किन गृहमन्त्रीलाई धन्यवाद दिन गए ?’

नेपालखोज २०८० साउन ३ गते १७:३३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण सहित अन्य व्यक्ति पक्राउ परे लगत्तै कांग्रेसका केही नेता गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यवाद दिन पुगेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्दा आफ्नै पार्टीका नेताहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर धन्यवाद दिएकोप्रति कांग्रेस केन्द्रीय समिति बैठकमा आलोचना भएको छ ।

केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले भनिन्, ‘कांग्रेसको एउटा नेता कुनै अभियोग लागेर समातिँदै गर्दा गृहमन्त्रीकहाँ धन्यवाद दिन पुग्नुहुन्छ । किन धन्यवाद दिन पुग्नुभयो ? थाहा छैन । के कारणले पुग्नुभयो, थाहा छैन ।’

उनले थपिन्, ‘ ‘तातो पानीले भरिएको डेक्चीको पानी खनिँदा सबैलाई पोल्छ, त्यो पनि विचार पुर्‍याउनुहोला’।

पार्टीभित्रको फरक समूहको नेता भएका कारणले गृहमन्त्रीलाई धन्यवाद दिन गएको हुनसक्ने उनको दाबी छ।

प्रतिक्रिया