आइतबार, असार ८, २०८२

कांग्रेसको केन्द्रीय समिति बैठक : आजपनि सदस्यहरूले धारणा राख्ने

नेपालखोज २०८० साउन ४ गते ७:१३
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने बिहान ११ बजे बस्ने छ । गत मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिकाे बैठकमा हिजोबाट केन्द्रिय सदस्यहरुले धारणा राख्ने कार्य सुरु भएको छ ।

हिजाको केन्द्रीय कार्यसमिति बैठकमा आमान्त्रित जिल्ला सभापतिहरुसहित झन्डै चार दर्जन केन्द्रीय नेताहरुले धारणा राखिसकेका थिए ।

जसअनुसार नैनसिंह महर, जीवनबहादुर शाही, कृष्णचन्द्र नेपाली पोखरेल, केशवकुमार बुढाथोकी, देवेन्द्रराज कँडेल, बहादुर सिंह (लामा) तामाङ, नारायणबहादुर कार्की, मानबहादुर नेपालीलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

हिजोको बैठकमा ४६ जनाले आफ्नो धारणा राखेको कांग्रेसले जनाएको छ । आज पनि केन्द्रLय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने छन् ।

प्रतिक्रिया