सुनचाँदी मूल्य अहिलेसम्मकै उच्च
नेपालखोज
२०८० साउन ४ गते ११:२०

काठमाडौं । सुनचाँदी अहिलेसम्मकै महँगो भएको छ । सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेर १ लाख १३ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३ सय रुपैयाँमा पुगेको थियो । हिजो तोलामा एक लाख १३ हजार एक सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढिरहेकाले नेपालमा पनि भाउ बढेको महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार भाउ अझै बढ्ने सम्भावना छ ।
यस्तै, चाँदी पनि आज अहिलेसम्मकै महँगो भएको छ । चाँदीको भाउ तोलाको एक हजार चार सय ९५ रुपैयाँ पुगेको नपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया