आइतबार, असार ८, २०८२

महानगरपालिकाको फोहर उठ्न अझै केही दिन लाग्ने

नेपालखोज २०८० साउन ४ गते १८:१७

काठमाडाैं । स्थानीय बासिन्दासँग सहमति नहुञ्जेलसम्म काठमाडौँ महानगरपालिकाको फोहर उठ्न नसक्ने महानगरपालिकाले जनाएको छ ।

महानगरको वातावरण विभागका निर्देशक रविनमान श्रेष्ठले स्थानीय जनप्रतिनिधिसहित सहरी विकास मन्त्रालय र सरोकारवाला पक्षसँग सहमतिका लागि छलफल भइरहेको जानकारी दिए ।

फोहर विसर्जनका लागि महानगरपालिका छलफलको प्रक्रियामा रहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए ।

राज्यले ऐक्यबद्धता नजनाएसम्म अवरोध नहट्ने स्थानीयवासीको माग रहेको धुनिबँेसी नगरपालिकाका–१ का वडाध्यक्ष मानबहादुर तामाङले बताए ।

प्रतिक्रिया