डेंगु रोकथाम गरौं

डेंगु रोग डेंगु भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्छ । थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ ।
डेंगीको लक्षण उच्च ज्वरो आउनु , माशपेशीहरु तथा आँखाको गेडीको बेस्सरी दुख्नु, शरीरमा राता बिमिरा आउनु वाकवाकि लाग्नु वा बान्ता हुनु आदि हुन् ।
डेंगुबाट बच्ने उपाय
एडिज जातको लामखुट्टेले दिनको समयमा मात्र टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्न सक्ने सम्भावना बडी भएकाले उक्त समयमा थप सतर्क हुने ।
आफ्नो घर वरिपरि कार्यस्थल तथा सार्वजनिक ठाउँहरुमा पानी जम्न नदिने । पानी राख्ने भाँडाहरु लामखुट्टे नछिर्ने गरि राम्रो सँग छोपेर राख्ने ।
दिउँसो पनि लामखुट्टे भगाउने धुप बाल्ने र लामखुट्टेको टोकाईबाट जोगाउने मल्हम लगाउने ।
घरको झ्याल /ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
बिहान, दिउँसो राती जुनसुकै बेला झुल लगाएर सुत्ने ।
पूरै शरिर ढाक्ने लुगा लगाउने ।
लामखुट्टेले फुल पार्न सक्ने संभावित घर भित्र र वरपरका पानी जमेको ठाँउहरू तथा पानी राख्ने भाडाहरु खोजी ( खोजी सफा गरौ र लामखुट्टेको फुल नष्ट गरौं ।
प्रतिक्रिया