ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआनबीच भेटवार्ता
नेपालखोज
२०८० साउन ९ गते ११:४८

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
तीन दिने भ्रमणको क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया