आइतबार, वैशाख १४, २०८२

अधिकमासमा शुभ समय हुँदैन

नेपालखोज २०८० साउन १० गते ५:१५

हाम्रा चाडपर्वहरू ऋतुका आधारमा मनाइन्छ । अधिमासको व्यवस्था नहुँदा सबै चाडपर्वको तालमेल बिग्रन्छ । जसरी वर्षाको दिनमा साउन आउँछ तर अधिक महिना नपरेको खण्डमा साउन कहिले जाडो त कहिले गर्मीको दिनमा आउँछ । होली गर्मीमा मनाइन्छ तर अधिक महिना नभएको भए होलीको मौसम परिवर्तन भैरहने थियो । अधिकमासका कारण हिन्दु पञ्चाङ र ऋतुबीचको समन्वय कायम रहन्छ ।

अधिकमासमा सूर्य संक्रांति हुँदैन । यसै कारणले अधिकमासलाई अशुभ मानिएको छ । फोहोर भएकाले मलमास भनिन्छ । मलमासमा गृह प्रवेश , विवाह, मुण्डन, यज्ञोपवीत, नामकरण जस्ता शुभ कार्यहरूका लागि कुनै शुभ समय हुँदैन । अधिक मासमा विवाह तय गर्ने, जमिन, घर, जग्गा किन्ने कामको निर्णय गर्न सकिन्छ।

अधिकमासमा गर्न सकिने शुभ कार्य

यो महिनालाई भगवान विष्णुले आफ्नो नाम पुरुषोत्तम दिएको हुनाले यसलाई पुरुषोत्तम महिना पनि भनिन्छ । यो विशेष महिनामा भगवान विष्णु र उहाँको अवतार श्री कृष्ण, श्री रामको पूजा गर्नुपर्छ । यस पटक यो महिना साउनमा परेको छ त्यसैले यसपटक शिवको पूजा गर्न सकिन्छ । यो महिना पूजा, तीर्थयात्रा, नदी स्नान, शास्त्र पठन, प्रवचन श्रवण, मन्त्र जप, तपस्या, दान लगायतका शुभ कार्य गर्नु उपयुक्त हुन्छ ।

वैष्णव सम्प्रदायका मानिसहरूले अधिकमासमा के गर्छन् ?

वैष्णवहरू अर्थात् भगवान विष्णुलाई आफ्नो देवता मान्नेहरूका लागि अधिकमास विशेष हुन्छ । पद्म, नारद र विष्णुधर्मोत्तर पुराणहरूले यो महिना भगवान विष्णुका अवतारहरूको पूजा हुने भएकाले द्वारका, जगन्नाथ पुरी, अयोध्या तथा मथुरा(वृन्दावनलगायत भगवान विष्णुका मन्दिर रहेका स्थानमा स्नान(दान र विशेष पूजा गर्नुपर्ने कुरा उल्लेख छ । यी तीर्थस्थलहरूमा विशेष दीपहरू दान गर्नुपर्छ । यससँगै मन्दिरमा प्रसादका रुपमा मालपुवा र पान पनि वितरण गरिन्छ ।

अधिकमासमा सूर्यको राशि परिवर्तन ?

अधिकमासमा सूर्यको राशि परिवर्तन हुँदैन अर्थात् सूर्य एक महिनासम्म एउटै राशिमा रहन्छन । मलमास सकिए पछि मात्र सूर्य आफ्नो राशि परिवर्तन गरी सिंह राशिमा प्रवेश गर्नेछन ।

प्रतिक्रिया