आइतबार, असार ८, २०८२

सुन तस्करीबारे रास्वपाले दर्ता गर्‍यो सार्वजनिक महत्वको प्रस्ताव

नेपालखोज २०८० साउन १० गते १४:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अवैध सुन आयात प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव लगेको छ ।

रास्वपाका तर्फबाट सभापति रवि लामिछानेसहित पार्टीका सांसदहरुले हस्ताक्षर गरेका छन् । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

रास्वपा सांसद मनिष झा भन्छन्, ‘भन्सारबाट एक क्विन्टल सुन कसरी पास भयो भन्ने विषयमा प्रश्न छ । यस सम्बन्धमा निष्पक्ष छानबिन हुन पर्‍यो भनेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव सभामुखलाई बुझाएका छौं ।’

रास्वपाले यति ठूलो मात्राको सुन कसरी पत्ता नलागी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न माग गरेको छ । बरामद भएका सुनको प्रयोग के-कसरी गर्ने सोचेको छ ? भन्ने सरकारबाट स्पष्ट खाका माग गरेको छ ।

प्रतिक्रिया