आइतबार, असार ८, २०८२

एमालेले गर्यो संसद अवरुद्ध, बैठक स्थगित

नेपालखोज २०८० साउन १० गते १६:५७

काठमाडौं । सुन तस्करीमा संलग्नहरुको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेको छ ।

सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् ।

एमालेको नाराबाजीपछि सभामुख घिमिरेले प्रतिनिधसभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।

प्रतिक्रिया