आइतबार, असार ८, २०८२

एमालेले गर्‍याे राष्ट्रियसभाको बैठक पनि अवरोध

नेपालखोज २०८० साउन ११ गते ११:११

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको बैठकमा पनि अवरोध गरेको छ । एक सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको संलग्नता रहेको भन्दै राजीनामा मागेर एमालेले सदन अवरुद्ध गरेको हो ।

एमालेले बुधबारको प्रतिनिधिसभाको बैठक पनि दुई मन्त्रीको राजीनामा माग्दै अवरोध गरेको थियो । एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक साउन १५ गतेसम्म स्थगित भएको थियो ।

प्रतिक्रिया