आइतबार, असार ८, २०८२

व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरानका मेयरलाई अन्तरिम आदेश

नेपालखोज २०८० साउन ११ गते १९:२०

काठमाडाैं । उच्च अदालत विराटनगरले सर्दु जलधार क्षेत्रमा रहेको व्यक्तिको जग्गामा वृक्षरोपण नगर्न धरान उपमहानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । 

धरान–४ की रोजिना अधिकारीले दायर गरेको रिटमा न्यायाधीश मिलनकुमार राईको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म व्यक्तिको नाममा रहेको जग्गामा अनधिकृत रूपमा प्रवेश गर्ने, विरुवा रोप्नेजस्ता काम नगर्न भनेको हो ।

साथै अदालतले उपमहानगरलाई रिट निवेदकको मागबमोजिमको आदेश जारी नहुनुपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र लिखितरूपमा जवाफ पेस गर्न भनेको छ ।

मेयर हर्क साम्पाङले हस्तपक्षेप गरेर व्यक्तिको नाममा रहेको जग्गामा वृक्षरोपण गरेका थिए ।

प्रतिक्रिया