सोमबार, असार ९, २०८२

माओवादीको पदाधिकारी बैठक जारी

नेपालखोज २०८० साउन १७ गते ९:००

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । बैठक पार्टी मुख्यालय पेरिसडाँडामा जारीे छ । अहिले बसिरहेकाे बैठकमा आजबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकबारे छलफल हुने जनाइएकाे छ ।

पाँच दिनसम्म जारी हुने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई माथि अन्तिम रुप दिन आज बिहान ८ बजे पदाधिकारी बैठक बसेको हो ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् । 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया