सोमबार, असार ९, २०८२

राष्ट्रियसभाको बैठक आज बस्दै, यस्ताे छ कार्यसूची

नेपालखोज २०८० साउन १८ गते ६:५१

काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । 

आजको बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । 

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

प्रतिक्रिया