कान्ति लोकथप पहिरोका कारण अबरुद्ध
नेपालखोज
२०७७ असार १२ गते १३:३२
काठमाडौँ । तराईका जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटोे दूरीका दुई राजमार्ग र कान्ति लोकथप पहिरोका कारण अबरुद्ध भएको छ । हेटौंडा–भिमफेदी–कुलेखानी मार्ग र निर्माणाधीन कान्ति लोकपथ पहिरोका कारण अवरुद्ध भएको हो ।
हेटौंडा–भिमफेदी–कुलेखानी सडक खण्डअन्तर्गत भिमफेदी गाउँपालिका–६ जुरिखेत नजिक लेदो माटो र चट्टानसहितको पहिरो जाँदा सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भिमफेदीले जनाएको छ ।
सो खण्डमा वागमती प्रदेश सरकारले सडक बिस्तारको काम गरिरहेको छ । १६ किलोमिटर लामो सडकमा दुर्घटनाको उच्च जोखिम भएपछि सरकारले चौडा पार्ने काम गरिरहेको हो । अहिले सडक खुलाउन पहिरोे पन्छाउने काम भैरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया