शनिबार, असार १४, २०८२

आज थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ असार १२ गते १३:४१

काठमाडौँ । गण्डकी प्रदेश, गुल्मी र पूर्वी नवलपरासीमा आज ५८ जना कोरोना संक्रमित थपिका छन् ।

गण्डकी प्रदेशको नवलपुरमा २१,तनहँका२ जना बाग्लुङ र स्याङजाका एक–एक जना गरि आज विहान २५ जना कोरोनाभाइरस संक्रमित थपिएका हुन् । आज २५ जना थपिएसँगै गण्डकीमा कोरोनाभाइरस संक्रमितको संख्या ७ सय ९२ पुगेको छ ।

त्यस्तै गुल्मीमा थप १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीको धुर्कोटका पाँच जना, इस्माका ४ जना र रुरुका ३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि हुनेमा धुर्कोट गाउँपालिकाका चार पुरुष र एक कहिला इस्मा गाउँपालिकाका तीन पुरुष र एक महिला रहेका छन् भने रुरु क्षेत्र गाउँपालिकामा ५ वर्षीय बालक तथा दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै गुल्मीमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या २५७ पुगेको छ ।

उता पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा १४ र गैडाकोट नगरपालिकामा ७ जनामा संक्रमण देखिको छ । यो सँग नवलपुरमा संक्रमितको संख्या २ सय १० पुगेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभएको छ ।

उता चितवनका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित प्रयोगशालामा गरिएका २१४ वटा नमुना परीक्षणमध्ये १३ जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

जसमध्ये माडी नगरपालिकाका ९, चितवन मेडिकल कलेजमा उपचाररत १, भरतपुर महानगरपालिकाका २ र रत्ननगर नगरपालिकाका १ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

त्यस्तै प्रदेश १ मा आज मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना सङ्क्रमित थपिएका छन् ।

प्रतिक्रिया