सोमबार, असार ९, २०८२

माओवादीको केन्द्रीय समिति बैठक :  अध्यक्षले आज जवाफ दिने

नेपालखोज २०८० साउन २१ गते ७:१२

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय केन्द्रीय सदस्यले आ-आफनो धारणा राखिसकेका छन् ।

हिजोको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ-आफ्नो धारणा राखेका थिए । मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छ ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया