यी हुन् माओवादीका विभिन्न प्रदेशका इन्चार्ज
नेपालखोज
२०८० साउन २१ गते १९:१२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकले विभिन्न प्रदेशको इन्चार्ज तोकेको छ । आज सम्पन्न बैठकले प्रदेश इन्चार्ज तोकेको हो ।
बैठकबाट कोसी प्रदेशको इन्चार्जमा बलदेव खनालले जिम्मेवारी पाएका छन् । यस्तै, मधेस इन्चार्जको जिम्मा लीलामणि पोखरेल र वाग्मती इन्चार्जको जिम्मा जनार्दन शर्माले पाएका छन् ।
यस्तै, गण्डकीमा देवेन्द्र पौडेल, लुम्बिनी हितमान शाक्य, कर्णालीमा मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
सम्बन्धित
प्रतिक्रिया