बंगलादेश बाघको चोरी शिकारको मुख्य केन्द्र

काठमाडाैं । वन्यजन्तुको व्यापारले धेरै प्रजातिको अस्तित्वमा ठूलो खतरा सृजना गरेको छ त्यसमा बाघ प्रमुख छ । बाघसँग सम्बन्धित तथ्याङ्कको पूर्ण जानकारी नभएकाले यसको व्यापारको परिमाण निर्धारण चुनौतीपूर्ण छ । यहि कारणले गर्दा बाघको अवैध ब्यापारलाई अझ राम्रो सँग बुझ्न यसको व्यवसायमा संलग्न व्यक्तिहरूसँग विभिन्न जानकारी सङ्कलन गर्न आवश्यक छ ।
एउटा अध्ययनमा बंगलादेशको वन विभागले बाघको व्यापार गर्ने तरिकाहरू पहिचान गर्न बाघको रेकर्ड डिजिटलाइज्ड गर्यो । उनीहरूले बंगलादेशको हवाई, सामुद्रिक र स्थल बन्दरगाहबाट बाघ तस्करीमा संलग्न १६३ जना मानिसको अन्तर्वार्ता लिए जसमा शिकारी, तस्कर तथा व्यापारीहरू थिए। सरकारले व्यापारमा संलग्न समुद्री डाँकाहरुको समूहमाथि सफल कारवाही गरेको दाबी गरे पनि बांग्लादेश लोपोन्मुख बाघको सिकारको प्रमुख केन्द्र बनेको छ-अध्ययनले भनेको छ ।
विशाल सुन्दरवन, भारत र बंगलादेशमा फैलिएको एक म्यान्ग्रोभ जंगल, बंगाल बाघहरूको विश्वको सबैभन्दा ठूलो जनसंख्या बस्ने घर हो । बाघको छाला, हड्डी र मासुका कालोबजारीहरूले अवैध वन्यजन्तुको व्यापारको ठूलो हिस्सामा किन्छन् जसको विश्वव्यापी मूल्य प्रत्येक वर्ष करिब २० अर्ब डलर हुन्छ। ठूला बिराला संरक्षण समूह पान्थेरा र चाइनिज एकेडेमी अफ साइन्सेजले गरेको अनुसन्धान अनुसार सुन्दरवनमा काटिएका बाघका टुक्राहरू १५ देशमा निर्यात हुने गरेको छ जसमा भारत र चीन सबैभन्दा सामान्य गन्तव्य हुन् ।
बंगलादेशले अवैध बाघको व्यापारमा हामीले पहिले सोचे भन्दा धेरै ठूलो भूमिका खेल्छ ( अध्ययनले भनेको छ । २०१६ मा सुरु भएको सरकारी कारबाहि अघि सुन्दरवनमा सक्रिय समुद्री डाँकाहरुको समूहले बाघको सिकारका रुपमा एक आकर्षक व्यापार पाएका थिए । आधिकारिक तथ्याङ्क अनुसार उक्त कारबाहिमा कम्तिमा ११७ समुद्री डाँकू मारिए र सयौंलाई हिरासतमा लिइयो भने धेरैले आत्मसमर्पण गरे।
जर्नल कन्जर्भेसन साइन्स एन्ड प्राक्टिसमा प्रकाशित पन्थेराको नयाँ अनुसन्धानले उक्त कार्यले सिर्जना गरेको शून्यलाई ३० भन्दा बढी विशेषज्ञ बाघ शिकार सिन्डिकेट तथा अवसरवादी शिकारीहरूले पुनः भरेको बताएको छ। अध्ययनले व्यापारीहरूले आफ्नै कम्पनीमार्फत बाघको धन्दा सञ्चालन गरेको र कतिपय अवस्थामा वन्यजन्तु व्यापार इजाजतपत्र लिएर आफ्नो गतिविधिलाई अघि बढाएको उल्लेख गरेको छ।
यो अध्ययन आंशिक रूपमा वन्यजन्तु व्यापारमा संलग्न व्यक्तिहरूसँगको अन्तर्वार्तामा आधारित छ। बंगलादेशको बढ्दो अर्थतन्त्रका कारण बाघको शरिरका अंगहरुको आन्तरिक उपभोग पनि बढेको छ । स्थानीय धनी क्रेताहरूले बाघको अंगहरूका साथै ठूला सजावटी वस्तुहरू जस्तै खप्पर र छाला प्रदर्शनका लागि तथा बाघको शरिरको विभिन्न भाग बाट बनाइएका औषधिहरू खरिद गरेको फेला परेको अध्ययनले जनाएको छ।
बंगलादेशका आधिकारिक सुन्दरबन संरक्षक अबु नासेर मोहसिन हुसेनले अध्ययनको निष्कर्षलाई अस्वीकार गरे र अवैध व्यापारलाई रोकिएको बताए । उनले सुन्दरवनमा बंगाली बाघको जनसंख्या संरक्षणका लागि पहल भएको दाबि गरे । बाघ–मानव द्वन्द्वका कारण पछिल्लो पाँच वर्षमा कुनै पनि बाघको मृत्यु नभएको उनले बताए ।
उनका अनुसार त्यहाँ बाघको संख्यामा बृद्धि भएको छ । २०१९ मा प्रकाशित आधिकारिक गणना अनुसार बंगलादेशको सुन्दरवनको भागमा मात्र ११४ वटा बंगाली बाघ बाँकी छन् । पान्थेराका अनुसार, सिकार विश्वव्यापी रूपमा बाघका लागि ठूलो खतरा हो र चीन परम्परागत औषधिमा उनीहरूको शरीरका अंगहरूको प्रयोगको मागको सबैभन्दा ठूलो केन्द्र बनेको छ ।
प्रतिक्रिया