मंगलबार, वैशाख १८, २०८१

मुख्यमन्त्रीकाे कार्यालयमा ताला लगाउन गएका शिक्षकहरू पक्राउ

नेपालखोज २०७६ कार्तिक १९ गते १३:०८

१७ कार्तिक, जनकपुरधाम । प्रदेश २ को मुख्यमन्त्रीकाे कार्यालयमा ताला लाउन पुगेका ३० भन्दा बढी शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सेवाबाट मुक्त गरिएपछि निरन्तर आन्दोलन गर्दै आएका अस्थायी शिक्षकहरुले पुनर्बहाली गर्नुपर्ने माग राख्दै आएका छन् । कर्मचारीलाई भित्र छिर्न नदिने गरी ताला लगाएर मूल गेटमा धर्ना दिने उनीहरुले योजना बनाएका थिए ।

ताला लगाउन गएका अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादव लगाएतका अन्य अस्थायी शिक्षकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा राखिएको छ ।

प्रतिक्रिया