शुक्रबार, वैशाख १२, २०८२

गर्भपतनका लागि अझै कठोर छ संसार

नेपालखोज २०८० साउन २८ गते ८:१५

विश्वमा अझै पनि गर्भपतन निषेधित धेरै देश छन् । हालैका वर्षहरूमा धेरै देशले यस सम्बन्धमा आफ्ना कानूनहरू नरम तुल्याएका छन् । यद्यपि बाधाहरू अझै बाँकी छन् । विश्वमा प्रजनन उमेरका करिब ९ करोड महिला गर्भपतनलाई पूर्ण रूपमा प्रतिबन्ध लगाईएका देशहरूमा बस्छन् ।

कडा गर्भपतन विरोधी कानुन भएका देशहरूमा मातृ मृत्यु दर हल्का कानुन भएका देशहरूको तुलनामा तीन गुणा बढी छ । कडा कानुन भएका देशहरूमा प्रति एक लाख जन्ममा २२३ नवजात शिशुको मृत्यु भएको थियो जबकि उदार कानून भएका देशहरूमा यो संख्या प्रति एक लाख ७७ मात्र थियो ।

गर्भावस्था र बच्चा जन्माउने क्रममा हुने जटिलताहरूले विश्वभर ठूलो संख्यामा १५ देखि १९ वर्ष उमेरका केटीहरूको ज्यान लिन्छ । विगत २५ वर्ष यता नेपाल सहित लगभग ५० देशले गर्भपतनसम्बन्धी कानुनलाई उदार बनाएका छन् । प्रजनन उमेरका करिब ६० प्रतिशत महिला गर्भपतनलाई अनुमति दिइएको देशमा बस्छन् ।

२०१८ मा कडा क्याथोलिक मुलुक आयरल्याण्डले जनमत संग्रह पछि गर्भपतनलाई वैधानिक गर्यो । दुई तिहाइ मतदाताले यसको पक्षमा मतदान गरेका थिए । दक्षिण कोरियाको उच्च अदालतले गएको वर्षको अप्रिलमा गर्भपतनमा ६५ वर्षदेखिको प्रतिबन्ध हटायो । अदालतका अनुसार यो प्रतिबन्धले महिला अधिकार हनन गरेको छ ।

हरेक वर्ष विश्वभर लगभग २५ मिलियन असुरक्षित गर्भपतन हुन्छन् र ती मध्ये अधिकांश विकासशील देशहरूमा हुन्छन् ।
सन् १९९० देखि विकसित देशहरूमा गर्भपतन दर ४१ प्रतिशतले घटेको छ भने विकासोन्मुख देशहरूमा भने उस्तै छ। अमेरिकाका पाँच राज्य जर्जिया, ओहायो, केन्टकी, मिसिसिपी र लुइसियानामा ६ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया