मंगलबार, असार १०, २०८२

जनमतकी अनिता देवी साहले सामान्य प्रशासनमन्त्रीमा भाेलि बिहान शपथ लिने

नेपालखोज २०८० साउन २८ गते २०:०४

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन् ।

उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ । सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको बताइएको हो । जनमतले साहलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया